pokherli-jetho-budo

पोखरेली जेठोबुढो

पृथक स्वाद, सुगन्ध र नरमपनाका कारण ‘पोखरेली जेठोबुढो’ प्रसिद्ध छ । पोखराको परम्परागत धानको जातका रूपमा चिनिएकाे यो धानकाे भात पाक्दा बास्ना पूरै टाेलमा छाउथ्याे भनेर अहिले पनि बुढापाकाहरू सुनाउने गर्छन् । स्थानीय पारखी र उपभोक्ताले जेठोबुढोमा समयसँगै गुणस्तर खस्केको र एकरूपता नभएको गुनासो गरे । साे गुनासाेलाई सम्वाेधन गर्न, ली-बर्ड र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले संयुक्त रूपमा कास्कीका कृषकहरूसँगको सहकार्यमा स्वाद, गुणस्तर र रोग सहने समान क्षमता भएका जेठोबुढोका उत्कृष्ट लाईनहरू छनौंट गरे । सन् २००६ मा ‘सुधारिएको जेठोबुढो’लाई ‘पोखरेली जेठोबुढो’का रूपमा उन्मोचन गरियो, जो नेपालमा सहभागितामूलक प्रजनन मार्फत उन्मोचन गरिएको पहिलो उच्च गुणस्तरको धान हो । जेठोबुढोको सुधारमा संलग्न सबैलाई धन्यबाद, जसले गर्दा आजका पुस्ताले समेत उही पुरानाे स्वाद र सुगन्ध भएको धान उपभाेग गर्न पाईरहेका छन् ।

Foxtail Millet

कागुनाे

विश्वमा लामो उत्पादन ईतिहास भएको कागुनो बाली नेपालमा मध्य र उच्च पहाडमा उत्पादन हुँदै आएको छ। प्रोटीन, फाईबर, खनिज र एन्टी अक्सिडेन्ट राम्रो स्रोत भएको कारण कागुनो पौष्टिक आहारको हिस्सा बन्न सक्दछ । मधुमेह र ग्यास्ट्रिक नियन्त्रण गर्न ईच्छुक उपभोक्ताहरु कागुनोमा हुने कम ग्लाईकेमिक इन्डेक्स र हैप्लोपिड़ेमीक गुणबाट लाभान्वीत हुन सक्दछन् । कागुनोलाई भातको सट्टामा वा पोरीज, खीर र सलादको लागि प्रयोग गर्न सकिन्छ ।

अनदी

नेपालको पश्चिमी क्षेत्रमा उत्पादन हुने अनदी, यसको पृथक स्वादका साथै साँस्कृतिक महत्व र पोषणयुक्त गुणका कारण प्रसिद्ध छ । नेपालमा सेतो र रातो अनदी उत्पादन गरिन्छ । दुवै अनदी पकाउँदा नरम हुन्छ भने रातो अनदीमा हल्का सुगन्ध समेत आउँछ । नेपालका विभिन्न समुदायले आफ्ना साँस्कृतिक पर्व तथा उत्सवहरूमा समेत अनदीको प्रयोग गर्ने गर्दछन् । अनदीलाई खानाको रूपमा वा खाजामा चिच्चड, लट्टे, खट्टे, सिरौंला, सेलरोटीका रूपमा प्रयोग गरिन्छ ।