तपाईंको स्थानीय खाद्यान्नकाे केन्द्र

अन्नपात एग्राे

अन्नपात एग्रो प्रा. लि. एउटा सामाजिक उद्यम हो । याे दिगो रूपमा गुणस्तरिय खाद्यन्न उपलब्ध गराउँदै उत्पादन क्षेत्रका कृषकहरुलाई प्रोत्साहन तथा हाैसला प्रदान गर्दै जैविक विविधताको दिगो व्यवस्थापन गर्न कटिवद्ध छ ।

Annapaat-Website-Cover-Image
हामी को हौं?

अन्नपात एग्रो प्रा. लि. एउटा सामाजिक उद्यम हो । हामी दिगो रूपमा गुणस्तरिय खाद्यन्न उपलब्ध गराउँदै उत्पादन क्षेत्रका कृषकहरुलाई प्रोत्साहन तथा हाैसला प्रदान गर्दै जैविक विविधताको दिगो व्यवस्थापन गर्न कटिवद्ध छाैं । नेपाली समाजको प्रतिबिम्ब, परम्परागत तर मूल्यवान खाद्यन्नहरूलाई शहरी उपभोक्ताहरू माझ पुर्याउन हामी प्रयासरत छाैं । उदाहरणका लागि, पोखरा जलाधार क्षेत्रमा उत्पादित बास्नादार पोखरेली जेठोबुढो, औषधीय गुण भएको रातो अनदी, पोषणयुक्त कागुनो, प्राङगारिक मह तथा अन्य उत्पादनहरू उपभोक्ताहरू माझ ल्याउने हाम्राे उद्देश्य रहेकाे छ ।

हामीले गुणस्तरिय खाद्यान्न उत्पादन गर्ने लक्ष्य लिएका छाैं । यसकाे गुणस्तरको सुनिश्तिता गर्न सम्बन्धित सरोकारवाला निकायले नियमित अनुगमन तथा मूल्याङ्कन कार्य गर्नेछ ।

Vision

हाम्रो दृष्टिकोण

हामीले नेपाली खाद्य परम्पराको सम्मानका साथै उत्पादकलाई पारदर्शी भुक्तानीका साथ दिगो जैविक विविधताको व्यवस्थापन गर्ने खाद्य प्रणालीकाे परिकल्पना गरेका छाैं ।

Artboard 4

हाम्रो लक्ष्य

पर्यावरण मैत्री खाद्यान्नलाई बजारमा स्थापित गर्दै दिगो क्षेत्रीय खाद्य केन्द्र (हब) को निर्माण गर्ने हाम्रो लक्ष्य
छ ।